असहायको साहारा बन्दै सापकोटा

May 19, 2021 5:20 pm

रत्ननगर , जेठ ५
रत्ननगरका जुठे सुनारलाई स्थानीय समाजसेवी एवम् नेपाली काङ्ग्रेसका जिल्ला सदस्य प्रल्हाद सापकोटाले सहयोग हस्तान्तरण गरेका छन् । मुटुरोगी श्रीमती गुमाएका रत्ननगरका जुठे सुनारलाई किरिया गर्नको लागी चाहीने रकम अभाव भएको थाहा पाएपछि सापकोटाले तत्काललाई किरिया कर्म सम्पन्न गर्न २५ सय बरावरको खाद्यान्न र ७ हजार नगद घरमै पुगेर हस्तारन्तरण गरेका हुन् ।

रत्ननगर वडा नं १५ जमुनापुर घोल खोलाको ऐलानी जग्गाको डीलमा छाप्रो बनाई सुनार वर्षौं देखि मुटु रोगी श्रीमती र नातिनीको साथमा बस्दै आएका थिए । दुई दिन अघि मुटुरोगी श्रीमती गुमाएपछि सुनार झन समस्यामा परेका थिए । एकातिर आफ्नो जीवन संगिनीको मृत्यु पिडाबोध र आर्थिक अभावले संस्कार सम्पन्न गर्न गाह्रो भएको अवस्थामा समाजसेवी सापकोटाले सहयोग गरेपछि धन्यवाद दिदै यो सहयोग आफ्नो लागी धेरै ठुलो भएको वताए ।

गतवर्ष कोरोनाको कहरमा रोजगारविहिन भएर खाद्यान्न अभावमा परेका दर्जनौं असहायलाई खाधान्न बितरण गरेका सापकोटाले आर्थिक अभावका कारणले शैक्षिक आर्जन गर्न बन्चित असहाय बालवालिकालाई आवश्यक सामाग्री सहित पोषाकहरु बितरण गर्दै सेवा पुर्याउँदै आइरहेका छन् ।