नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ जनामा कोरोना पुष्टि,१९६ जनाको मृत्यु

May 18, 2021 6:00 pm

काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १९६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् । मंगलवारसम्म देशभर १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।