चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु

May 18, 2021 4:19 pm

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु भएको भने २४९ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार कलेज अफ मेडिकल साइन्सेसमा ३ जना ,चितवन मेडीकल कलेज,भरतपुर अस्पताल र विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा २/२ गरी ९ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१ जना विरामी डिस्चार्ज भएका छन् ।