प्रधानमन्त्री ओलीले लिएको शपथ रोक्न सर्वोच्चद्वारा अस्वीकार

May 18, 2021 3:50 pm

काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट लिएको शपथ सर्वोच्च अदालतले अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार गराएको शपथ कानुनले तोकेको ढाँचामा रितपूर्वक नभएको भन्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट परेको थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले ती रिटमा अन्तरिम आदेश दिन नपर्ने भनेको एक रिट निवेदकले जानकारी दिए । शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भएपनि माग बमोजिमको आदेश किन गर्न पर्ने भन्दै १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न भनिएको छ।