बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

May 18, 2021 12:17 pm

काठमाडौँ । बाँकेमा विभिन्न अस्पतालमा उपचाररत थप ९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ८ ४५ बजेसम्म यी संक्रमितहरुको मृत्यु भएको हो।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ४ जना र खुर्खेत, कपिलवस्तु, दाङ, बर्दिया र रूकुम पूर्वका १र १ जना छन ।
यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका स्१० बाँकेकी ६२ वर्षीया महिलाको सोमबार साँझ ७ ४५ बजे, बाँकेकै खजुरा गाउँपालिका(२ का ८५ वर्षीय पुरूषको मंगलबार विहान ४ ३० बजे, नेपालगञ्ज उपमहानगरपालिका(द्द का ५१ वर्षीय पुरुषको मंगलबार विहान ८ ३० बजे र नेपालगञ्ज उपमहानगरपालिका(१९ बाँकेका ५७ वर्षीय पुरूषको मंगलबार विहान ८ ४५ बजे मृत्यु भएको छ ।
यस्तै गुर्भाकोट नगरपालिका(१३ सुर्खेतका ६८ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३ ४५ बजे मृत्यु भएको छ भने शिवराज नगरपालिका(५, कपिलवस्तुका ३८ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो ४ ३० बजे मृत्यु भएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिका(१३ दाङका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार राति ८ बजे मृत्यु भएको छ भने मधुवन नगरपालिका(७ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति ९ १५ बजे मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत पुथा उत्तरगंगा गाउँपालिका(१० रूकुम पूर्वका ६० वर्षीय पुरूषको मंगलबार विहान ८ ४० बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २४४ पुगेको छ भने अन्य जिल्ला बाहिरका १९९ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।