नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि

May 17, 2021 6:28 pm

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन् । आइतवारसम्म देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।