चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १५ जनाको मृत्यु

May 17, 2021 6:11 pm

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ७ जना, कलेज अफ मेडिकल साइन्सेसमा ४ जना , भरतपुर अस्पतालमा २ जना र विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा २ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५६ जना विरामी डिस्चार्ज भएका छन् ।