पुर्वी चितवनका पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

May 17, 2021 4:59 pm

लक्ष्मण सापकोटा/रत्ननगर ,जेठ ३
नेपालमा दोस्रो लहरको कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको बेला अग्रपंतीमा रहेर काम गर्ने पुर्वी चितवनका पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । चितवन उद्योग संघ रत्ननगर, खैरहनी,कालीका र राप्ती इकाई समितिको आयोजना एवंम चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघ बागमती प्रदेशको सहकार्यमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमुख अतिथि बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले यो समयमा अग्रपंतीमा रहेर खट्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र पत्रकारको अत्यन्तै ठुलो महत्व रहेको भन्दै मेडिकल सिटीको रुपमा रहेको चितवनका अस्पतालहरुलाई ठुलो जिम्वेवारी रहेको अवस्थामा उद्योग संघले गर्न सक्ने सहयोग सदैव रहने र जस्तोसुकै परिस्थीती पनि सवैसंगको सहकार्यले न्युनिकरण गर्न सकिने वताए । कार्यक्रममा पत्रकारहरुका तर्फवाट बोल्दै पुर्वि चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले हाम्रो दायित्व जनतालाई सुसुचित गर्ने भएकोले यो अवस्थामा पत्रकारहरु चाहेर पनि घरमा वस्न नसक्ने र फिल्डमै गएर समाचार संकलन गर्नु पर्ने पत्रकारहरुको अवस्थालाई वुझेर स्वास्थ्य सामाग्री उपलब्ध गराइदिएकोमा आयोजकलाई धन्यवाद दिए । कार्यक्रममा पुर्वि चितवन इलाका प्रहरी कार्यलयहरुको प्रतिनिधित्व गर्दै इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी इन्द्र वहादुर रानाले कोरोनाको जोखीममा सुरक्षाकर्मीहरु पनि रहेको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिरहेको र केन्द्र वाट प्राप्त सामाग्री प्रयाप्त नभएको अवस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गराएर कोरोना संग लड्नको लागी हौसला प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

आयोजकले सुरक्षाकर्मी र पत्रकारलाई पिपिई, मास्क, सेनिटाइजर , फेस सिल्ड , पंजा र पानी सहित करिव दुई लाख रुपैया वरावरको सामाग्री हस्तान्तरण गरेको थियो । बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चितवन उद्योग संघका पुर्व अध्यक्ष भिम वहादुर पाण्डे , सशस्त्र प्रहरी वल १७ नम्वर गणका गणपति दिपक कुमार थापा , राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख उत्तम खनाल विशेष अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको अतिथिमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र वहादुर राना , इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक सुवास भट्ट , इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक राजिव गिरी , प्रहरी चौकी जुटपानीका प्रमुख शंकर प्रसाद चौधरी ,पत्रकार महासंघका चितवन शाखाका कोषाध्यक्ष राजेन्द्र आचार्य र पुर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा रहेका थिए ।
कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं नेपाल उद्योग परिसंघ बागमती प्रदेश सदस्य पुरुषोत्तम रिजाल, संघका सञ्चार अधिकृत राजु भट्ट, रत्ननगर इकाई समितिका उपाध्यक्ष गोविन्द प्रसाद खनाल, महिला उद्यमी मञ्च रत्ननगरकी अध्यक्ष प्रमिला पोखरेल, युवा उद्यमी मञ्च रत्ननगरका अध्यक्ष शिव खनाल, कालिका इकाई समितिका उपाध्यक्ष चन्द्रकान्त सुवेदी लगायत पुर्वि चितवनका पत्रकारहरुको उपस्थिति रहेको थियो । खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठले धन्यवाद मन्तव्य राखी समापन भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेका थिए ।