नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना पुष्टि

May 16, 2021 5:53 pm

काठमाण्डौ,जेठ २
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १४५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन् । आइतवारसम्म देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ ।