चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १४ जनाको मृत्यु

May 16, 2021 5:24 pm

चितवन,जेठ २
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १४ जनाको मृत्यु भएको छ भने ११६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ६ जना, कलेज अफ मेडिकल साइन्सेसमा ५ जना , भरतपुर अस्पतालमा १ जना , विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा १ जना र भण्डारा अस्पतालमा १ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म ११ हजार ३ सय २८ जना संक्रमित भएकोमा ७ हजार २ सय ९९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २२२ जना अस्पतालको आइसोलेसनमा छन भने ३ हजार ६ सय ३७ जना संक्रमित होम आइसोलेसनमा छन् ।