एमालेको विवाद समाधान गर्न बन्यो १० सदस्यीय कार्यदल

May 16, 2021 4:18 pm

काठमाण्डौ,जेठ २
नेकपा एमालेभित्रको विवाद मिलाउन १० सदस्यीय कार्यदल वन्ने भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको छलफलमा १० सदस्यीय कार्यदल वनाउने सहमति भएको हो । नेता नेपालका अनुसार कार्यदल टोलीमा नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् भने ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। छलफलमा २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनेबारे छलफल भएको नेता नेपालले जानकारी दिए ।