राप्रपाले एमाले उम्मेदवार बादललाई भोट दिने

May 15, 2021 5:17 pm

काठमाडौं, जेठ १
वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते हुने निर्वाचनमा राप्रपाले रामबहादुर थापा बादललाई समर्थन गर्ने भएको छ । राप्रपाको शिर्ष नेताहरुबीच भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको र एमालेले औपचारीक रुपमा पत्र पठाएर सहयोग मागे एमालेका उम्मेदवार बादललाई भोट दिने सहमति भएको वैठकमा सहभागी नेताले जानकारी दिए । निर्वाचनमा विपक्षी गठबन्धनको तर्फबाट डाक्टर खिमलाल देवकोटा उम्मेदवार छन् ।