चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १३ को मृत्यु

May 15, 2021 3:36 pm

चितवन,जेठ १
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १३ जनाको मृत्यु भएको छ भने १६७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ८ जना, कलेज अफ मेडिकल साइन्सेसमा ४ जना र भरतपुर अस्पतालमा १ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म ११ हजार १ सय ५४ जना संक्रमित भएकोमा ७ हजार २ सय ५० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २१४जना अस्पतालको आइसोलेसनमा छन भने ३ हजार ५ सय २४ जना संक्रमित होम आइसोलेसनमा छन् ।