पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २० जनामा कोरोना पुष्टि,२०३ को ज्यान गयो

May 14, 2021 6:30 pm

काठमाण्डौ,बैशाख ३१
पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुई सय ३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । शुक्रवारसम्म देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ४६६९ पुगेको छ ।