प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

May 14, 2021 5:40 pm

काठमाण्डौ,वैशाख ३१
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रवार शपथ लिनुभएको हो । राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले समेत सपथ लिएका छन् । ओलीले पुरानै मन्त्रीहरूलाई निरन्तरता दिदै फेरी नियुक्त गर्नुभएको छ । उपप्रधानमन्त्री र राज्य मन्त्रीहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।
गएको सोमवार प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि विहिवार बेलुकी ९ बजेसम्मको समय दिनुभएको थियो । तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।