चितवनमा पछिल्लो २४ घण्टामा थपिए ३५२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

May 14, 2021 4:18 pm

चितवन,वैशाख ३१
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ भने ३५२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडीकल कलेजमा ४ जना र कलेज अफ मेडिकल साइन्सेसमा १ जनाको ज्यान गएको हो ।
चितवनमा अहिले सम्म १० हजार ९ सय ८७ जना संक्रमित भएकोमा ७ हजार २ सय ३४ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २०२ जना अस्पतालको आइसोलेसनमा छन भने ३ हजार ३ सय ९१ जना संक्रमित होम आइसोलेसनमा छन् ।