पछिल्लो २४ घण्टामा २१४ को ज्यान गयो, ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि

May 13, 2021 7:57 pm

काठमाण्डौ,बैशाख ३०
पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुई सय १४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् । वुधवारसम्म देशभर १ लाख ५ हजार २०७ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ ।