माधव नेपालसहित चार नेतालाई गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

May 13, 2021 12:07 pm

काठमाण्डौ,बैशाख ३०
नेकपा एमालेले चार नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा वसेको स्थायी कमिटीको वैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।