गण्डकी प्रदेशमा फेरि पनि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री

May 12, 2021 6:39 pm

काठमाण्डौं, वैशाख २९
गण्डकी प्रदेशमा फेरि पनि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्नुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको बहुमत नपुगेपछि गुरुङ नै मुख्यमन्त्री बन्नुभएको हो । प्रदेशको मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त भएपछि संसदीय दलका नेता गुरुङले वुधवार साझ सपथ लिनुभयो । मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुर्याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको ठूलो दलको संसदीय दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्नुभएको हो । राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेश सभा सदस्यले आफूहरू तटस्थ बस्ने बताएपछि विपक्षी गठबन्धनको बहुमत नपुगेको हो ।