चितवनमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु, २३१ जना नयाँ संक्रमित

May 12, 2021 5:32 pm

चितवन,वैशाख २९
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ११ जनाको मृत्यु भएको छ भने २३१ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ४ जना, चितवन मेडीकल कलेजमा४ जना र कलेज अफ मेडिकल साइन्सेसमा ३ जनाको ज्यान गएको हो ।

चितवनमा अहिले सम्म १० हजार ४ सय ३१ जना संक्रमित भएकोमा ७ हजार १ सय ५७ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १९८ जना अस्पतालको आइसोलेसनमा छन भने २ हजार ९ सय २६ जना संक्रमित होम आइसोलेसनमा छन् ।