पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जनामा कोरोना पुष्टि, १६८ को ज्यान गयो

May 12, 2021 5:00 pm

पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय ६८ जनाकाे ज्यान गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् । वुधवारसम्म देशभर १ लाख १ हजार ६३४ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ४२५२ पुगेको छ ।