पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ जनामा कोरोना पुष्टि, २ सय २५ को ज्यान गयो

May 11, 2021 6:38 pm

काठमाडौं,वैशाख २८
पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् भने २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । मंगलवारसम्म देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।