चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १० जनाको मृत्यु

May 11, 2021 4:00 pm

चितवन,वैशाख २८
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १० जनाको मृत्यु भएको छ भने २७४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडीकल कलेजमा ५ जना ,कलेज अफ मेडिकल साइन्सेसमा १ र भरतपुरमा होम आइसोलेसनमा वसेका १ जनाको ज्यान गएको हो ।

चितवनमा अहिले सम्म १० हजार १ सय ९९ जना सक्रमित भएकोमा ७ हजार १ सय ४५ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २०० जना अस्पतालको आइसोलेसनमा छन भने २ हजार ७ सय ९ जना संक्रमित होम आइसोलेसनमा छन् ।