पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ मा कोरोना पुष्टि : १ सय ३९ को ज्यान गयो

May 10, 2021 7:02 pm

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६ सय २३ जना पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार २ सय ७१ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १ सय ३९ जनाको ज्यान गएको छ भने पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १ सय ४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४ सय २६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९ सय १० जना र २ सय ९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।