पछिल्लो १ सातामा चितवनमा बढ्यो कोरोना त्रास : ५ गुणाले बढे संक्रमित

May 10, 2021 6:49 pm

चितवन : चितवनमा कोरोनाका गम्भीर बिरामी गत एक हप्तामा झण्डै पाँच गुनाले वृद्धि भएको छ ।

वैशाख २१ गते चितवनका तीन ठूला अस्पतालको आईसीयूमा कोरोनाका गम्भीर बिरामीको संख्या जम्मा ५२ जना मात्र थियो तर अहिले चितवनका अस्पतालका आईसीयूमा गम्भीर बिरामीको संख्या २३६ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकअनुसार भरतपुर अस्पतालमा ९ जना, चितवन मेडिकल कलेजमा १६० जना, कलेज अफ मेडिकल साइन्सेस ५७ जना र अन्य अस्पतालको आईसीयूमा १० जनाको उपचार भइरहेको छ । भेन्टिलेटरमा ४७ जनाको उपचार भइरहेको छ । एक हप्ता अगाडिको तथ्यांक हेर्ने हो भने वैशाख २१ गते चितवनका तीन ठूला अस्पतालको आईसीयूमा ५२ जनाको उपचार भएको थियो । जसमा भरतपुर अस्पतालमा १० जना, चितवन मेडिकल कलेजमा २५ जना, पुरानो मेडिकल कलेजमा १७ जनाको उपचार भएको थियो ।