पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना पुष्टि, ८८ को ज्यान गयो

May 9, 2021 5:59 pm

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ८८ जनाको मृत्यु भएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत गणना गर्दा आइतबार मृतक संख्या ८८ रहेको छ ।