
काठमाडौँ ,वैशाख २५
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५३ जनाले ज्यान गुमाएका छन भने ८ हजार ४१८ नयाँ संक्रमित थपिएका छन। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० रहेको छ । शनिवारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३ सय ७० रहेको छ । हालसम्म देशभर २ लाख ९८ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ६३२ जनाको मृत्यु भएको छ ।