चितवनमा एकैदिनमा १४ जनाको मृत्यु, ३९२ जना नयाँ कोरोना संक्रमित

May 8, 2021 4:15 pm

चितवन,वैशाख २५
चितवनमा पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमित थपिएका छन भने १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सवैभन्दा धेरै भरतपुर महानगरपालिकामा ३२० जना संक्रमित भएका छन भने वाँकी संक्रमित अन्य नगरपालीकाका रहेका छन् । मृत्यु हनेमा सवैभन्दा धेरै भरतपुर अस्पतालमा ६ जना , कलेज अफ मेडिकल साइन्सेसमा ३ जना , चितवन मेडिकल कलेजमा २ जना , क्यान्सर अस्पतालमा १ जना , राप्ती नगरपालिकामा १ र माडी नगरपालिकामा १ जनाले ज्यान गुमाएका हुन ।

चितवनमा अहिले सम्म नौ हजार ४ सय ८४ जना सक्रमित भएकोमा ७ हजार ४० जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १६४ जना अस्पतालको आइसोलेसनमा छन भने २ हजार १ सय ४३ संक्रमित होम आइसोलेसनमा छन् । कोरोनाका कारण चितवनमा अहिले सम्ममा १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।