रत्ननगर नगरपालिकामा कोरोना संक्रमितलाई नि:शुल्क एम्बुलेन्स सेवा

May 7, 2021 3:09 pm

रत्ननगर,वैशाख २४
कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान रत्ननगर नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । कोरोना संक्रमित विरामीलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स व्यवस्था गरिएको नगर प्रमुख नारायण वनले जानकारी दिए ।

नगरपालिकाले कोरोनाको पहिलो लहरबाटै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको छ । संक्रमितलाई जिल्ला भित्रका अस्पतालसम्म पु¥याउन एम्बुलेन्स व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण भएको शंका लागेमा पीसीआर परीक्षण र संक्रमित भएर अस्पताल जानुपरेमा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले बताए । सम्पर्कका लागि ९८०७२१५१७४ र ९८४३९१००११ नम्बरको व्यवस्था गरिएको छ ।

अन्य समयमा पनि सो नगरपालिकाले गरिब तथा ज्येष्ट नागरिकलाई अस्पताल सम्म लैजान निःशुल्क सेवा उपलब्ध गराउदै आएको छ । नगरपालिकाले होम आइसोलेशनमा रहेका कोरोना संक्रमितको स्वास्थ्य अबस्था बुझ्न स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ ।