चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु

May 7, 2021 2:50 pm

चितवन,वैशाख २४
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु भएको छ भने २२१ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ४ जना, चितवन मेडीकल कलेजमा २ जना र कलेज अफ मेडिकल साइन्सेसमा ३ जनाको ज्यान गएको हो ।

चितवनमा अहिले सम्म नौ हजार ९० जना सक्रमित भएकोमा ६ हजार ९ सय ८४ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १४० जना अस्पतालको आइसोलेसनमा छन भने १ हजार ८ सय ३७ संक्रमित होम आइसोलेसनमा छन् ।