नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ७० नयाँ कोरोना संक्रमित, ५४ जनाले ज्यान गुमाए

May 6, 2021 6:27 pm

काठमाडौँ ,वैशाख २३
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५४ जनाले ज्यान गुमाएका छन भने ९ हजार ७० नयाँ संक्रमित थपिएका छन। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० रहेको छ । विहिवारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार ७ सय ७ रहेको छ । हालसम्म देशभर २ लाख ९२ हजार ४९० जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ५२९ जनाको मृत्यु भएको छ ।