चितवनमा २०२ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

May 6, 2021 4:44 pm

चितवन,वैशाख २२
चितवनमा पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमित थपिएका छन भने ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ३ , कलेज अफ मेडिकल साइन्सेसमा २ र होम आइसोलेसनमा वसेका २ जनाको ज्यान गएको हो ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म आठ हजार ८ सय ६९ जना सक्रमित भएकोमा ६ हजार ९ सय ४५ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ११५ जना अस्पतालको आइसोलेसनमा छन भने १ हजार ६ सय ८२ संक्रमित होम आइसोलेसनमा छन् ।