गायक प्रेमध्वज प्रधानको निधन

May 6, 2021 4:12 pm

काठमाण्डौ,वैशाख २३
चर्चित गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उहाँको उपचारका क्रममा बिहीवार काठमाण्डौको न्युरो अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो । प्रधानका गीतहरू घुम्तीमा नआऊ है , तिमीलाई ,गोरेटो यो गाउँको , पर लैजाऊ फूलहरू लगायतका गितहरु चर्चित छन् । प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।