कोरोनाको कारण चितवनमा एकैदिन १० जनाको मृत्यु

May 5, 2021 7:31 pm

चितवन,वैशाख २२
कोरोनाको कारण चितवनमा एकैदिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ४ जना , चितवन मेडीकल कलेजमा ५ र कलेज अफ मेडिकल साइन्सेसमा १ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा चितवन जिल्लाका ४ जना रहेको छन भने मकवानपुरको १ जना ,रुपन्देहीको ४ जना र १ जना नवलपरासीको रहेको जनस्वास्थ कार्यालयले जनाएको छ । जनस्वास्थ कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।