पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५५ को मृत्यु , ७ हजार ६६० नयाँ संक्रमित

May 4, 2021 5:53 pm

काठमाडौँ ,वैशाख २१
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५५ जनाले ज्यान गुमाएका छन भने ७ हजार ६ सय ६० नयाँ संक्रमित थपिएका छन। मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणबाट तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।