चितवनमा थप २३३ जनामा कोरोना संक्रमण

May 4, 2021 5:16 pm

चितवन,वैशाख २१
पछिल्लो २४ घण्टामा चितवनमा थप २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो चितवनमा १६६ मात्र कोरोना संक्रमण देखीएकोमा आज नयाँ २३३ जना कोरोना संक्रमित थपिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

२३३ जना मध्ये १८८ जना भरतपुर महानगरपालिकाका रहेका छन् । त्यसैगरी रत्ननगर नगरपालिकामा २१ जना , खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा ४ जना, कालिका नगरपालिकामा ८, र राप्तीमा ३ जनालाई कोरोना संक्रमण देखिएको छ ।

योसँगै चितवनमा संक्रमितको संख्या आठ हजार ४४५ जना पुगेको छ जसमध्ये १२१ जनाले कोरोनाको कारणले ज्यान गुमाएका छन् ।