कोरोनाको कारण आइपीएल स्थगित

May 4, 2021 2:07 pm

काठमाण्डौ,वैशाख २१
इन्डियन प्रिमियर लिग(आइपीएल)को यो सिजनको वाँकी खेल स्थगित भएको छ । भारतमा दिन प्रतिदिन कोरोनाको संक्रमण वढ्दै गएपछि आयोजकले आइपीयल स्थगित गर्ने निर्णय गरेको हो । केही दिन अघिदेखी क्रमीक रुपमा आइपीएलमा सहभागी टिमका सदस्यलाई कोरोना देखीएपछि बीसीसीआईको आपतकालीन वैठक वसेर आइपीएलका वाँकी खेल स्थगित गर्ने निर्णय गरेको हो ।