थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को ज्यान गयो

May 3, 2021 7:02 pm

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार ५ सय ५८ जनाको पीसीआर र ५ सय १८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।