बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने

May 3, 2021 4:27 pm

काठमाण्डौ,वैशाख २०
सरकारले विहीबारदेखी अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विहीबार राती १२ वजेदेखी लागुहुने गरि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । आन्तरिक उडान भने सोमवार राति देखीनै लागु हुने गरि वन्द गर्ने निर्णय भएको हो । पछिल्लो समय कोरोनाको सक्रमणको दर वढेसंगै सरकारले उडान वन्द गर्ने निर्णय गरेको हो ।

सडक यातायात बन्द भएपनि हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो । सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।