विश्वासको मत लिन वैशाख २७ गते संसद अधिवेशन

May 2, 2021 8:34 pm

वैशाख १९ ,काठमाण्डौ
सरकारले बैशाख २७ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले बैशाख २७ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेकपा माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नलिए पनि सरकारबिरुद्ध अभियान चलाएपछि प्रधानमन्त्री ओलीले संसदमा बिश्वासको मत लिने निर्णय लिनुभएको हो ।