थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि : २७ जनाको ज्यान गयो

May 2, 2021 7:48 pm

काठमाडौं,वैशाख १९
पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।