![](https://ratnanagaronline.com/wp-content/uploads/2021/05/Shankar-pokhrel.jpg)
वैशाख १९ , काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव आज प्रदेशसभाको विशेष अधिवेशनमा पेस हुँदै थियो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।