थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि : १९ जनाको ज्यान गयो

May 1, 2021 4:58 pm

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ हजार ९ सय ६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २ सय ९८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।