कोरोना प्रभाव : भारतमा पछिल्लो २४ घन्टामा ३५ सय बढीको ज्यान गयो, ४ लाख २ हजार संक्रमित थपिए

May 1, 2021 3:49 pm

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३ हजार बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख २ हजार १ सय १० जना नयाँ संक्रमित थपिएका छन् भने संक्रमितको कुल संख्या १ करोड ९१ लाख ५७ हजार ९४ जना पुगेको छ ।

त्यसैगरी ३२ लाख ७२ हजार २ सय ५६ सक्रिय संक्रमित रहेको भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमितले कोरोनालाई जितेका छन् ।