पर्यटकको रोजाई कुमरोज वन कोरोनाले प्रभावित : घट्यो आम्दानी

April 30, 2021 1:32 pm

लक्ष्मण सापकोटा/वैशाख १७,चितवन

पछिल्लो समय पर्यटकको रोजाईमा पर्दै गइरहेको कुमरोज मध्यवर्ति सामुदायिक वन कोरोनाको कारण प्रभावित भएको छ । कोरोना महामारी आउन भन्दाको अगाडीे आर्थिक वर्ष २०७५/७६ मा ४ करोड रुपैयाँ आम्दानी गरेको वनले चालु आर्थिक वर्षको १० महिनामा मात्र एक करोड २५ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । यो अवधिको ४ महिना कोरोनाकै कारण आम्दानी गर्न नसकेको वनले आर्थिक वर्ष २०७६/७७ मा भने २ करोड १० लाख आम्दानी गरेको थियो ।

पर्यटकनै मुख्य आम्दानीको स्रोत भएको सामुदायिक वनमा कोरोनाको कारण पर्यटकको संख्यामा कमी आएपछि आम्दानी घट्दै गएको वनका सचिव भरत प्रसाद नेपालले जानकारी दिए । अहिले कोरोनाको दोस्रो लहरले गर्दा मुलुकका धेरै जिल्लामा निशेषाज्ञा लागु गरिएकोले चालु आर्थिक वर्षको ४ महिना आम्दानी शुन्य हुने लगभग निश्चित छ ।

पर्यटकका लागी हात्ती सफारी , जिप सफारी र टावर नाइट प्याकेज सामुदायिक वनले संचालन गरेको मुख्य आकर्षक कार्यक्रम हो । वनले गरेको आम्दानी वाट ६० प्रतिशत संरक्षण र ४० प्रतिशत सामुदायिक विकासमा खर्च गर्दै आइरहेको वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले जानकारी दिए । २ हजार १ सय ९ उपभोक्ता सदस्य संख्या रहेको सामुदायिक वनमा उपभोक्ताका लागी सहुलियत दरमा घाँस उपलब्ध गराउने उपभोक्ताको घरमा धारा जडानको लागी प्रति घरधुरी ६ हजार र दुधमा प्रति लिटर ५० पैसा अनुदान दिदै आएको छ । वनले उपभोक्तालाई दैनिक १ रुपैयाँमा घाँस उपलब्ध गराईरहेको छ ।

वनले विरामाी उपभोक्ताका लागी विरामीको अवस्था हेरेर ५ हजार देखी ३० हजार रुपैयाँ सम्म सहायता रकम , सुत्केरीलाई पोषण खर्च स्वरुप जनही २ हजार र सामुदायिक विद्यालयको गुणस्तर विकासका लागि वार्षिकरुपमा आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ । ६१९ हेक्टर क्षेत्रफमा फैलिएको कुमरोज सामुदायिक वन २०४१ सालमा स्थापना भएको थियो ।