
राप्ति : पूर्वी चितवनको जन-आदर्श बहुमुखी क्याम्पस बिरेन्द्रनगरले बि ए दोश्रो वर्षको परिक्षा अमर्यादित ढंगले संचालन गरेको भन्दै केहि विद्यार्थीले आपत्ति प्रकट गरेका छन् । परिक्षाको समयमा अनावस्यक बाहिरि मानिसहरु गाईड बोकेर परिक्षाहलमा प्रवेस गरी आफ्ना आफन्तलाई सार्न दिएको,शिक्षण पेसा भन्दा बाहिरि पेसाका व्यक्ति तथा स्थानीय पसलेहरुलाई गार्ड राखिएको साथै यस्तो प्रवृति देखेका विद्यार्थीले यो अमर्यादित भो भनेर आपत्ती प्रकट गर्दै गर्दा उनीहरुको कापी खोसेर परिक्षा हल बाट निकालिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।