त्रिदेशीय क्रिकेट सिरिजको उपाधि नेपाललाई

April 24, 2021 6:58 pm

काठमाण्डौ,वैशाख ११
फाइनल खेलमा नेदरल्याण्ड्सलाई फराकीलो रन अन्तरले हराउदै नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । किर्तिपुर मैदानमा भएको फाईनल खेलमा नेपालले टस हारेर पहिले ब्याटीङ गरेको थियो । नेपालले अहिले सम्मकै उत्कृष्ठ ब्याटीङ गर्दै निर्धारीत २० ओभरमा २३८ रन जोडेको थियो । २३९ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटीङमा उत्रेको नेदरल्याण्ड्स ९६ रनमा अल आउदा हुदा नेपालले फराकीलो अन्तरको जित हात पारेको हो ।

नेपालको तर्फवार्ट कुशल भुर्तेलले सर्वाधिक ७७ रन , कुशल मल्लले ५० , दिपेन्द्र सिंह ऐरीले ४८ रन , ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शेखले १६ रनको योगदान गरे । नेपालले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा नेदल्याण्ड्सका ब्याट्सम्यान नेपाली वलरहरु सामु निरिह देखीए । लगातार विकेट लिदै ९६ रनमा अल आउट गर्दा खेल नेपालले आफ्नो फक्षमा पार्न सफल रह्यो ।

वलिङ तर्फ म्यान अफ द म्याच घोषीत भएका करन केसीले ३ विकेट लिए भने सन्दिप लामीछाने र कमलसिंह ऐरी ले समान २/२ विकेट र अविनाश वोहोराले १ विकेट लिए । नेदरल्याण्ड्सका तर्फवाट सेवातियन व्रात ले सर्वाधिक २६ रन , म्याक्सले २० रन , पिटर सिलरले १६ रन वनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन । ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले आज वनाएको स्कोर नै अहिले सम्मको उच्च स्कोर हो । यसअघि २०१९ मा भुटान विरुद्ध वनाएको २३६ रन उच्च स्कोर थियो ।