रामसीता मुर्ति देवघाट ल्याइयो : भोलि माडीको अयोध्यापुरीमा स्थापना गरिने

April 20, 2021 8:50 pm

चितवन : रामनवमीको अवसरमा भोलि माडीको अयोध्यापुरीमा स्थापना गरिने राम,सीता, लक्ष्मण र हनुमानको मुर्ति देवघाट आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज विहान हस्तान्तरण भएको मुर्तिलाई आज देवघाट ल्याइएको हो ।

देवघाट पुर्याउनु अघि दासढुङ्गामा सांसदहरु कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारी लगायतको स्वागत गर्नुभएको थियो । बाजागाजा सहित स्वागत गरिएको मुर्ति आज देवघाटनै राखिने र भोलि विहान माडी पुर्याइने छ । चार वटा गाडीमा चार वटा मुर्ति र अन्य सवारीहरुको साथमा देवघाट ल्याइएको हो ।

भोलि विहान पीठाधिशहरुको उपस्थितीमा पवित्र जलले जलाभिषेख गरी माडी प्रस्थान गराइने र माडी प्रवेश गर्दा पर्शुराम कुण्डको पवित्र जलले जलाभिषेक गराई स्थापना गराइने छ आयोध्याम व्यवस्थापन समितिले जानकारी दिएको छ। आजको व्यवस्थापन देवघाट क्षेत्र विकास समितिले गर्ने छ भने भोलिका लागि माडी ९ कृष्णनगर पार्कमा ९ सय सवारी साधनको व्यवस्थापन र ४ हजार भक्तजनहरुलाई खाना बस्नको प्रबन्ध गरिएको छ ।