नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो, कुशल र आशिफको कीर्तिमानी साझेदारी

April 17, 2021 6:39 pm

वैशाख ४, काठमाण्डौ
काठमाण्डौमा शुरुभएको त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगीताको पहिलो खेलमा नेपालले ९ विकेटको जित हात पारेको छ । नेदरल्याण्ड्स विरुद्ध भएको पहिलो खेलमा टस जितेर पहिले वलिङ गरेको नेपालको प्रतियोगीतामा सुखद सुरुवात गरेको हो ।

जितका लागी नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा पुरा गर्दै सहज जित हासील गर्यो । अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ओपनर द्धय कुशल भुर्तेल र आशिफ शेखले अर्धसतकीय पारी खेले । कुशल र आशिफले ११६ रनको ओपनिङ साझेदारी गर्दै नेपालको तर्फवाट अहिले सम्मको किर्तिमानी साझेदारी गरे । यो किर्तिमान यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा रहेको थियो । सन् २०१९ मा पारस र ज्ञानेन्द्रले एक सय आठ रनको साझेदारी गरेका थिए ।

नेपालले लक्ष्य पछ्याउने क्रममा एक विकेट मात्र गुमाउदा कुशलले ४६ वल खेल्दै ६२ रन वनाएर आउट भएका हुन । त्यस्तै आशिफ शेखले अभिजित ५४ रन वनाए भने ज्ञानेन्द्र मल्लले अभिजित १३ रन जोडे । वलिङ तर्फ सन्दिप लामीछानेले २ विकेट लिए भने शाहव आलम र सोमपाल कामीले समान १/१ विकेट लिए ।