थप ३ सय ३९ जनामा कोरोना पुष्टि

April 7, 2021 9:14 pm

काठमाडौं : पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।